पोखरा फाइनान्स र समृद्धि फाइनान्स गाभिए, असार २६ देखि एकीकृत कारोबार

शुक्रबार, १२ असार २०८३ ११:४४ बिहान
Font Size: 20px

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडसमृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया पूरा भएको छ। आवश्यक सबै नियामकीय स्वीकृति प्राप्त भएसँगै दुवै संस्था २०८३ असार २६ गते (१० जुलाई २०२६) देखि 'पोखरा फाइनान्स लिमिटेड (Pokhara Finance Limited)' को नामबाट एकीकृत कारोबार सञ्चालनमा आउने भएका छन्।

पोखरा फाइनान्सले सार्वजनिक सूचना जारी गर्दै दुवै संस्थाका वार्षिक साधारण सभाबाट पारित विशेष प्रस्तावका आधारमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट मर्जरका लागि आवश्यक स्वीकृति प्राप्त भएको जनाएको छ।

मर्जरपछि समृद्धि फाइनान्स कम्पनी लिमिटेडका सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य कानुनी जिम्मेवारीहरू पोखरा फाइनान्स लिमिटेडले व्यहोर्ने उल्लेख गरिएको छ।

सूचनाअनुसार मर्जरपछिको पोखरा फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकमा रहनेछ।

यस्तै, एकीकृत बैंकिङ प्रणाली सञ्चालनका लागि डेटा माइग्रेसन (Data Migration) गर्नुपर्ने भएकाले २०८३ असार २५ गते एक दिन दुवै संस्थाका केन्द्रीय कार्यालय तथा सबै शाखाबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको छ।


प्रतिक्रिया 0