काठमाडौं, साउन ८ । दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८२/८३ मा करिब ६ करोड लिटर दूध प्रशोधन तथा बिक्री गर्दै वार्षिक कारोबार ४ अर्ब रुपैयाँभन्दा माथि पुर्याएको जनाएको छ। स्वदेशी उत्पादन प्रवर्द्धन अभियानपछि डीडीसीका उत्पादनको बिक्री बढेको संस्थानले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह स्वयं ले नै फेसबुकमा डिडिसी को प्रबर्द्धन गरेका थिए ।
गत वर्ष दूधको अत्यधिक उत्पादनका कारण बटर र मिल्क पाउडर मौज्दात हुँदा किसानलाई भुक्तानीमा ढिलाइ भएको थियो। हाल ती उत्पादनको बिक्री बढेसँगै किसानको बक्यौता भुक्तानी अवस्था सुधार हुँदै गएको छ। अहिले भुक्तानी ढिलाइ ६–७ महिनाबाट घटेर करिब २–३ महिनामा सीमित भएको डीडीसीले जनाएको छ।
संस्थानले दुर्गम क्षेत्रबाट समेत दूध संकलन गर्ने भएकाले सञ्चालन लागत बढी भए पनि गुणस्तरीय सेवा कायम राखेको जनाएको छ। यद्यपि, निजी डेरीसँगको प्रतिस्पर्धा, पुरानो प्रविधि र आधुनिकीकरणमा लगानीको अभाव अझै पनि डीडीसीका प्रमुख चुनौती रहेको उल्लेख गरिएको छ।
No advertisements available
प्रतिक्रिया 0