सूर्यज्योति लाईफको ‘इ-कर्जा झ्याप्पै’ सार्वजनिक

Thursday, 04 June 2026, 09:20 AM
11 पटक हेरियो
Font Size: 20px

काठमाडौं । सुर्यज्योति लाईफ इन्सुरेन्स ले नेपालमै पहिलो पटक पूर्ण रूपमा डिजिटल माध्यमबाट बीमा धितोमा ऋण उपलब्ध गराउने उद्देश्यसहित ‘इ–कर्जा झ्याप्पै’ अभियान सार्वजनिक गरेको छ। अभियानमार्फत योग्य बीमितहरूले अब घरमै बसेर अनलाइन प्रक्रियामार्फत बीमा पोलिसि कर्जा प्राप्त गर्न सक्नेछन्। 

कम्पनीका अनुसार डिजिटल वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई छिटो, सहज र झन्झटरहित सेवा उपलब्ध गराउने लक्ष्यका साथ अभियान सुरु गरिएको हो। यसअन्तर्गत ग्राहकहरूले अधिकतम २ लाख रुपैयाँसम्मको तत्काल ऋण प्राप्त गर्न सक्नेछन्। साथै, ऋण आवेदन गर्दा लाग्ने ५० रुपैयाँ सेवा शुल्कमा शतप्रतिशत क्यासब्याक सुविधा पनि उपलब्ध गराइएको छ। 

सेवाको सम्पूर्ण प्रक्रिया डिजिटल भएकाले कुनै कागजी प्रक्रिया वा अतिरिक्त कागजात आवश्यक नपर्ने कम्पनीले जनाएको छ। योग्य बीमितहरूले सूर्यज्योति मोबाइल एपमार्फत आफ्नो ऋण योग्यता जाँच गर्न सक्नेछन्। त्यसपछि खल्तीमार्फत उपलब्ध गराइएको प्रणालीमा आफ्नो बीमालेख नम्बर प्रविष्ट गरी प्रक्रिया पूरा गरेपछि कर्जा रकम तुरुन्तै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। 

कम्पनीले ‘इ–कर्जा झ्याप्पै’ अभियानलाई नेपालमा डिजिटल बीमा ऋण सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यसले बीमितहरूलाई छिटो, सुरक्षित र सहज वित्तीय पहुँच प्रदान गर्नुका साथै डिजिटल नेपालको अवधारणालाई थप मजबुत बनाउने विश्वास कम्पनीको छ। 

एक दिन अगाडि
11 पटक हेरियो

प्रतिक्रिया 0