कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

शुक्रबार, ५ असार २०८३ ०८:५५ बिहान
Font Size: 20px

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न प्रदेशस्थित शाखाका लागि कर्मचारी माग गरेको छ। बैंकले शाखा प्रबन्धक (Branch Manager) तथा रिलेसनसिप म्यानेजर (Relationship Manager) पदमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

बैंकका अनुसार शाखा प्रबन्धक पदका लागि जुनियर अफिसर, अफिसर तथा सिनियर अफिसर तहमा केही संख्यामा पदपूर्ति गरिनेछ। उक्त पदका लागि व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक (स्नातकोत्तरलाई प्राथमिकता) उत्तीर्ण गरी न्यूनतम चार वर्षको बैंकिङ अनुभव तथा कम्तीमा दुई वर्ष शाखा प्रबन्धकको अनुभव भएको हुनुपर्नेछ।

त्यसैगरी रिलेसनसिप म्यानेजर पदका लागि सुपरभाइजर तथा जुनियर अफिसर तहमा कर्मचारी माग गरिएको छ। यस पदका लागि व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कर्जा मार्केटिङ, व्यवसायिक कर्जा विस्तार तथा ग्राहक सम्बन्ध व्यवस्थापन क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव आवश्यक रहेको बैंकले जनाएको छ।

यी पदहरूका लागि कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशस्थित विभिन्न शाखामा नियुक्ति गरिनेछ। इच्छुक उम्मेदवारले बैंकको करियर पोर्टलमार्फत आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति २०८३ असार १६ गते (३० जुन २०२६) तोकिएको छ। उमेर हद सुपरभाइजर तहका लागि ३५ वर्ष र अफिसर तहका लागि ४० वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ।


प्रतिक्रिया 0