एभरेष्ट बैंकमा रोजगारी, ३ वर्ष गोल्ड टेस्टरको रूपमा कार्यअनुभव अनिवार्य

Thursday, 30 April 2026, 07:20 PM
337 पटक हेरियो
Font Size: 20px

एभरेष्ट बैंकले ‘गोल्ड टेस्टर’ पदका लागि करार सेवामा आवेदन आह्वान गरेको छ। बैंकले योग्य, ऊर्जावान तथा आत्मप्रेरित नेपाली नागरिकबाट आवेदन मागेको हो।

बैंकका अनुसार उक्त पदका लागि न्यूनतम एसएलसी/एसईई उत्तीर्ण हुनुपर्नेछ। सुन तथा गरगहना मूल्याङ्कन सम्बन्धी तालिम लिएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ। साथै, नेपाल राष्ट्र बैंक बाट इजाजतप्राप्त ‘क’, ‘ख’ वा ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्ष गोल्ड टेस्टरको रूपमा कार्यअनुभव अनिवार्य गरिएको छ।

उमेरको हकमा आवेदन दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा गरेको हुनुपर्नेछ।


बैंकले सुन परीक्षण तथा अन्य बहुमूल्य धातु मूल्याङ्कनमा व्यवहारिक अनुभव भएका, आधारभूत कम्प्युटर ज्ञान तथा अभिलेख व्यवस्थापन सीप भएका, राम्रो संचार क्षमता र टोलीमा काम गर्न सक्ने तथा उच्च व्यक्तिगत इमानदारी भएका उम्मेदवारलाई प्राथमिकतामा राख्ने जनाएको छ।

छनोट प्रक्रिया अन्तर्गत सर्टलिस्ट गरिएका उम्मेदवारलाई अन्तर्वार्ता तथा प्रायोगिक परीक्षणमा सहभागी गराइनेछ। तलब तथा अन्य सुविधा आपसी सहमतिमा निर्धारण गरिनेछ।

इच्छुक उम्मेदवारले २०८३ साल बैशाख ३१ गते (१४ मे २०२६) भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। साथै, आवश्यक कागजातसहित बैंकको मानव संसाधन विभाग, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा समेत आवेदन बुझाउन सकिनेछ।

आबेदन दिनका लागी लिन्क 

https://everestbankltd.com/careers/


एक महिना अगाडि
337 पटक हेरियो

प्रतिक्रिया 0