पूँजी बजार सुधारमा सेबोनका ८ प्राथमिकता सार्वजनिक

मंगलबार, ३० असार २०८३, बेलुका ७:३०
Font Size: 20px

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजार विकासका प्राथमिकता सार्वजनिक गर्दै लगानीकर्ता संरक्षण, नियामकीय सुधार तथा बजारको पारदर्शिता अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न सुधार कार्यक्रम अघि बढाउने जनाएको छ।

बोर्डले सार्वजनिक गरेको प्रेस नोटअनुसार नेपालको पूँजी बजार संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार तथा नियामकीय संरचनाको सुदृढीकरणतर्फ अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा बजारलाई अझ व्यवस्थित, विश्वसनीय र प्रतिस्पर्धी बनाउने लक्ष्य लिइएको छ।

सेबोनका प्रमुख प्राथमिकता

  • धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानमा अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाइने।
  • Finfluencers तथा सामाजिक सञ्जालमार्फत हुने भ्रामक सूचना, अनधिकृत लगानी परामर्श, बजार प्रभावित गर्ने गतिविधि र वित्तीय ठगीमाथि कडा नियामकीय निगरानी गरिने।
  • सार्वजनिक निष्कासन (IPO) प्रक्रियालाई थप व्यवस्थित बनाउन कम्पनीको वित्तीय तथा व्यवस्थापकीय पक्षको विस्तृत अध्ययन गरी अनुमति दिने व्यवस्था सुधार गरिने।
  • मार्जिन कारोबार निर्देशिकाको कार्यान्वयनमा देखिएका समस्यालाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (NEPSE), CDSC तथा धितोपत्र दलाल व्यवसायीसँग समन्वय गरेर समाधान गरिने।
  • सबैभन्दा पछिल्लो कारोबार मूल्य र आपूर्ति–माग सन्तुलन कायम गर्न सामूहिक लगानी कोष (Mutual Fund) को Lock-in Period तथा Book Build सम्बन्धी व्यवस्थाको पुनरावलोकन गरिने।
  • लगानीकर्ताको कारोबार लागत घटाउन प्राथमिक तथा दोस्रो बजारका शुल्कहरूको पुनरावलोकन गरिने।
  • हालको NEPSE All Equity Index लाई कायम राख्दै Free Float Shares का आधारमा नयाँ Benchmark Index विकास गरिने।
  • सामाजिक सञ्जालमार्फत सर्वसाधारणबाट IPO वा अन्य पूँजी संकलन गर्ने गतिविधिलाई नियमन गर्ने व्यवस्था ल्याइने।

बोर्डले यी सुधारका अतिरिक्त आगामी दशकका लागि तयार गरिएको नेपालको पूँजी बजार विकास मार्गचित्र, आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्यान्वयन कार्ययोजना पनि आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ।

बोर्डका अनुसार यी सुधारले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकसित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


यो पनि पढ्नुहोस 

पूँजीबजार सुधारमा सेबोन अध्यक्ष भट्टको प्रतिबद्धता

पूँजी बजारका लागि दीर्घकालीन खाका सार्वजनिक गर्ने अन्तिम तयारीमा सेबोन

प्रतिक्रिया 0