बैंकहरुले वैशाख महिनाका लागि पनि घटाए निक्षेपको ब्याजदर

Tuesday, 14 April 2026, 04:13 AM
42 पटक हेरियो
Font Size: 20px

बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । सोमबार वैशाख महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् ।

कर्जाको तुलनामा निक्षेपको वृद्धिदर लगातार उच्च हुँदा बैंकहरूमा अधिक तरलताको चाप छ । जसले गर्दा कोषको लागत घटाउन बैंकहरूले निरन्तर ब्याजदर घटाउँदै लगेका हुन् ।

चैतको तुलनामा वैशाखमा ८ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । १२ बैंकले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।

बैंकचैतको ब्याजदर %वैशाखको ब्याजदर %
कृषि विकास४.१५४.१५
सिटिजन्स४.५०४.१५
एभरेस्ट४.२५४.०५
ग्लोबल आईएमई४.५०४.५०
हिमालयन५.००४.५०
इन्भेस्टमेन्ट मेगा४.५०४.५०
कुमारी४.१२४.०५
लक्ष्मी सनराइज४.५०४.५०
माछापुच्छ्रे४.५०४.५०
नबिल४.५५४.५५
नेपाल४.२५४.२५
नेपाल एसबीआई४.२५४.२५
एनआईसी एसिया५.००४.७५
एनएमबी५.००५.००
प्राइम कमर्सियल४.१५४.१५
प्रभु४.५५४.५५
राष्ट्रिय वाणिज्य५.००४.७५
सानिमा४.५०४.५०
सिद्धार्थ४.२५४.००
स्ट्यान्डर्ड चार्टर्ड४.११४.१०

एक महिना अगाडि
42 पटक हेरियो

प्रतिक्रिया 0