लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग

शुक्रबार, १९ भदौ २०८३, दिउँसो २:३७

काठमाडौं । लक्ष्मी सनराईज बैंकले हालैको विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ योगदान गरेको छ।

बैंकले विपद्पछिको तत्कालीन राहतसँगै प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि समेत आफ्नो सहयोग निरन्तर रहने जनाएको छ। बैंकले विपद्का बेला उद्धार, राहत तथा सहयोगमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा विभिन्न क्षेत्रमा सक्रिय सबैप्रति आभार व्यक्त गरेको छ।

बैंकले विपद्बाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै आगामी दिनमा प्रभावित समुदायमा शक्ति, उपचार तथा नयाँ आशा कायम हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया 0