काठमाडौं । नबिल बैंक लिमिटेड तथा यसको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस अवार्ड २०२६’ अन्तर्गत प्रतिष्ठित दुई अवार्ड प्राप्त गरेका छन्।
अवार्ड कार्यक्रममा नबिल बैंक लिमिटेडलाई ‘कर्पोरेट बैंक अफ द इयर २०२६’ तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई ‘कर्पोरेट मर्चेन्ट बैंक अफ द इयर २०२६’ अवार्ड प्रदान गरिएको हो।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम स्वर्णिम वाग्लेको उपस्थितिमा अवार्ड प्रदान गरिएको थियो। बैंक तथा यसको सहायक कम्पनीले बैंकिङ तथा वित्तीय सेवामा पुर्याएको योगदान, व्यावसायिक उत्कृष्टता तथा संस्थागत नेतृत्वको कदरस्वरूप सम्मान प्राप्त गरेको जनाइएको छ।
नबिल बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ, कर्पोरेट वित्त तथा ग्राहक सेवामा निरन्तर सुधार गर्दै आएको छ भने नबिल इन्भेष्टमेन्ट बैंकिङले मर्चेन्ट बैंकिङ, धितोपत्र व्यवस्थापन तथा लगानी सेवा क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै आएको छ।
संस्थाले प्राप्त गरेको यो सम्मानले बैंक तथा सहायक कम्पनीको सेवा गुणस्तर, व्यवसायिक विश्वसनीयता र वित्तीय क्षेत्रप्रतिको योगदानलाई थप पुष्टि गरेको जनाएको छ।
प्रतिक्रिया 0