नेपाल एसबिआई बैंकको लाभांश घोषणा

सोमबार, ३० कार्तिक २०८३, बिहान ७:२०


हाम्रो बैंकिङ । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिको कात्तिक २७ गते बसेको ५५२औँ बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ।

बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी ३३औँ वार्षिक साधारणसभाबाट पारित गर्नुपर्नेछ। त्यसपछि मात्रै सेयरधनीलाई लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया 0