शाइन रेसुङ्गाको १६ प्रतिशत लाभांश प्रस्ताव

सोमबार, २९ भदौ २०८३, बिहान ९:४३

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको ३३५औँ बैठकले ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

बैंकले दिएको जानकारीअनुसार प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसहित) रहेको छ। सञ्चालक समितिबाट गरिएको यो प्रस्ताव नेपाल राष्ट्र बैंक तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ। 

प्रतिक्रिया 0