काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
हाल बैंकको चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २१औँ वार्षिक साधारण सभाबाट पारित गर्नुपर्नेछ। त्यसपछि मात्र सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।
गत आर्थिक वर्ष २०८१/८२ मा भने मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
No advertisements available
प्रतिक्रिया 0