काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई ७.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको उक्त प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकको २०८३ भदौ १० गते बिहीबार बसेको सञ्चालक समितिको ३९२औँ बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल कायम चुक्ता पुँजी ८ अर्ब ३ लाख ८८ हजार ७६७ रुपैयाँको ७.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार बैंकले करसहित करिब ५८ करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी २०औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।
No advertisements available
प्रतिक्रिया 0