हाम्रो बैंकिङ । यती एयरलाइन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज बिष्ट नियुक्त भएका छन्। कम्पनीको व्यवस्थापनले मंगलबार (मंसिर १) देखि लागू हुने गरी बिष्टलाई नयाँ सीईओको जिम्मेवारी दिएको हो।
बिष्ट यसअघि यती एयरलाइन्समा प्रमुख व्यवसाय अधिकृत (सीबीओ) तथा उत्तरदायी व्यवस्थापक (Accountable Manager) का रूपमा कार्यरत थिए। कम्पनीभित्रै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनलाई व्यवस्थापनले नेतृत्व तहमा पुर्याएको हो।
सन् २००९ मा व्यवस्थापन प्रशिक्षार्थी (Management Trainee) का रूपमा यती एयरलाइन्समा प्रवेश गरेका बिष्टले करिब १७ वर्षदेखि हवाई सेवा क्षेत्रमा काम गर्दै आएका छन्। व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका ४३ वर्षीय बिष्टसँग व्यावसायिक व्यवस्थापन, व्यवसाय विकास तथा संस्थागत सञ्चालनको अनुभव रहेको छ।
यसअघि प्रमुख व्यवसाय अधिकृतका रूपमा काम गर्दा उनले कम्पनीको व्यावसायिक रणनीति निर्माण, व्यवस्थापन तथा संस्थागत विकासमा भूमिका निर्वाह गरेका थिए। त्यस्तै, कम्पनीको व्यावसायिक योजना, सेवा विस्तार, कार्यसम्पादन व्यवस्थापन र संस्थागत सुशासनसम्बन्धी विषयमा पनि उनी अनुभवी मानिन्छन्।
बिष्टले सीईओको जिम्मेवारी सम्हाल्नेसँगै कम्पनीको समग्र रणनीतिक दिशा, व्यावसायिक सञ्चालन, व्यवस्थापकीय दक्षता तथा संस्थागत वृद्धिलाई नेतृत्व गर्नेछन्। उनको नेतृत्वमा एयरलाइन्सले आगामी व्यावसायिक योजना र विकासका कार्यक्रमलाई अघि बढाउने अपेक्षा गरिएको छ।
No advertisements available
प्रतिक्रिया 0